•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:06:01 PM

रामधुनी नगरपालिकामा एमालेका उमेद्वार छनौट सम्पन्न

- बैशाख ११, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमालेले एकदेखि नौ नम्बर वडासम्म आफ्नो पार्टीका तर्फबाट वडाध्यक्षका उमेद्वार चयन सम्पन्न गरेको छ ।

वडा नम्बर एकमा रामकुमार चौधरी, वडा नम्बर दुईमा रामनारायण चौधरी , वडा नम्बर ३ मा बुधनारायण चौधरीलाई उठाउने निर्णय भएको पार्टीनिकट स्रोतले बताएको छ ।

वडा नम्बर ४ मा कमल कार्की , वडा नम्बर ५ मा खेमराज पौडेल, वडा नम्बर ६ मा गयाराम राजधामी, वडा नम्बर ७ मा केशव गौतमले वडा अध्यक्षको टिकट पाएका छन् । त्यसैगरी नगरको वडा नम्बर ८ मा सुरेन्द्रसिहं खवास र वडा नम्बर ९ मा योगेन्द्र खड्का वडाध्यक्षको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगले मनोनयन दर्ताको समयावधि आज र भोलि निर्धारण गरेकाले सो समयभित्रै मनोयन दर्ता सम्पन्न गरिने पार्टीको नगर कमिटीले जनाएको छ ।

Comments