•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:44:12 PM

ताप्लेजुङकी मालपोत अधिकृत घुससहित पक्राउ

- बैशाख ११, २०७९ मा प्रकाशित


इटहरीः जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाडौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पनेरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरिएको प्रवकता भण्डारीको भनाइ छ । पक्राउ परेकी मालपोत अधिकृत पनेरुउपर बाबुको नामको जग्गा दाखिल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप छ । यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थ पदकबाट विभूषित मालपोत अधिकृत पनेरु सदरमुकाम फुङलिङको कोप्चे लाइनको एक घरबाट पक्राउ परेकी हुन् ।

Comments