•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:33:10 PM

जसपा त्यागेका उमेश यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उमेद्वारी

- बैशाख ११, २०७९ मा प्रकाशित


इटहरीः मोरङको विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वारको उमेद्वारी परेको छ ।

जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादव स्वतन्त्र उमेद्वारका रुपमा मैदानमा आएका हुन् । स्वतन्त्र उमेद्वारका रुपमा यादवले आजै उमेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले पुष्टि गरेको छ । यादव जसपाको चुनाव चिन्ह लिएर २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि मेयर पदका लागि मैदानमा उत्रिएका थिए ।

तर सो निर्वाचनमा पराजित भएका उनले तेस्रो स्थान बनाएका थिए । हिजो मात्र पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका यादवले आगामी दिनमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र राजनीति गर्ने उद्घोष गरेका छन् ।

Comments