•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:05:31 PM

इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

- बैशाख ९, २०७९ मा प्रकाशित


मोरङ: भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल)को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित पक्राउ गरिएको हो । 

उनीहरुमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । -न्युज कारखाना

Comments