•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:31:12 PM

फेरि उम्मेदवार बन्न राजीनामा दिए विष्णुपुर गाउँपालिका अध्यक्षले

- बैशाख ९, २०७९ मा प्रकाशित


सप्तरी: सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले पदबाट राजीनामा दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसकाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर ३० वैशाखमा हुने चुनावमा फेरि उम्मेदवारी दिने भन्दै यादवले पूर्वसन्ध्यामा राजीनामा दिएका हुन् ।

निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान कायम गरेका आधारमा उनले राजीनामा दिएका हुन् । 

उनले विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी राजीनामा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले अध्यक्ष यादवले राजीनामा दिएको जानकारी दिए ।

अध्यक्ष यादवले सरकारी गाडीसमेत फिर्ता गरेका छन् । -न्युज कारखाना

Comments