•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:38:41 AM

विराटनगरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

- बैशाख ८, २०७९ मा प्रकाशित


इटहरीः विराटनगर महानगरपालिका १६ बाट निषेधित लागूऔषध ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरी दुहबी नगरपालिका ६ का १७ वर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट फेला परेपछि उनलाई पक्राउ गरिएको हो । यस्तै, विराटनगर ७ का २८ वर्षीय गणेश बिकको साथबाट डाईजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुल सहित सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

निषेधित लागूऔषधसहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Comments