•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:26 AM

गठबन्धनले टुंग्यायो पाँच महानगरको भागवण्डा : इटहरीमा कांग्रेस र नेकपा एसको दावी कायमै

- बैशाख ५, २०७९ मा प्रकाशित


इटहरी । यहि बैसाख ३० को स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले ६ वटा महानगरपालिकाको भागबण्डा मिलाएको छ ।

सत्तारुढ गठबन्धनको आज (सोमबार) बालुवाटारमा बसेको दोस्रो बैठकबाट नेपाली कांग्रेसले तीन वटा महानगरपालिका लिने सहमति भएको छ । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको हाे ।

उनका अनुसार बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ । पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ ।

तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि सहमति जुट्न नसकेको हो । ‘आजको बैठकले महानगरपालिकाको बाँडफाँटबारे छलफल गरेको छ’, पुरीले भने, ‘पोखराको हकमा एकीकृत समाजवादी र कांग्रेस दुवैले दाबी गर्दा सहमति भएन । यसबारेको निणर्य मंगलबारको गठबन्धन बैठकले गर्नेछ ।’ पुरीका अनुसार त्यही बैठकबाट ११ वटा उपमहानगरपालिकाको भागबण्डा पनि मिलाउने भएको छ ।

यता सुनसरीकाे इटहरी उपमहानगरमा पनि नेपाली कांग्रेस र नेकपा एसले नेतृत्वमा आ–आफ्नै दावि गरेकाे छ । नेकपा एसले इटहरीकाे मेयरकालागि राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा पार्टि सह इञ्चार्ज केशव कुमार विष्टलाइ सिफारिस गरेकाे छ । त्यस्तै नेपाली कांग्रेसबाट उपमहानगर सभापति हेमकर्ण पाैडेल , युवा नेता राेहित प्रसाइ , समाजसेवि तथा उवासंघ इटहरी अध्यक्ष भिमबहादुर पाैडेल र युवा नेता बिकाश केसीले दावि गर्दै आएका छन ।

गठबन्धनबाट नेकपा एसका बिष्टलाइ मेयरमा सिफारिस गरे लगत्तै इटहरीमा राजनीतिक हंगामा मच्चिएकाे छ । यता नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पाैडेलले भने नेतृत्वमा कुनै सम्झाैता नहुने र सामाजिक सञ्जालमा भने जस्ताे नेकपा एस संग कुनै सम्झाैता समेत नभएकाे बताउदै आएका छन ।

Comments