दुईवटा मोटरसाइकल जुध्दा युवकको मृत्यु
- बैशाख ५, २०७९ मा प्रकाशित
रौतहट: राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे ।
बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको ज्यान गएकाे इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।
दुर्घटनामा भारतकाे बिहारका विकास यादव घाइते भएका छन् । सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर साेधपुछ थालेकाे छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार माेटरसाइकलका चालक फरार छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments