•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:59:01 AM

सञ्चार माध्यम तथा पत्रकार अनुगमनका लागि समिति

- बैशाख ५, २०७९ मा प्रकाशित


खोटाङ: खोटाङमा आसन्न स्थानीय तहको निर्वाचनका समयमा सञ्चार माध्यम तथा पत्रकारको अनुगमनका लागि समिति बनाइएको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका बेला जिल्लाका सञ्चार माध्यम तथा पत्रकारले सम्प्रेषण गर्ने समाचार सामग्री अनुगमनका लागि नेपाल पत्रकार महासंघको पहलमा तीन सदस्यीय अनुगमन समिति बनाइएको हो ।

महासंघको बैठकले पत्रकार कृष्ण आचार्य, महासंघका पूर्वअध्यक्षद्वय डम्बरसिंह राई र दमन राई रहेको अनुगमन समिति गठन गरेको हो । निर्वाचनका समयमा सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै मर्यादित पत्रकारिताका लागि अनुगमन समिति गठन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।

समितिलाई निर्वाचनका समयमा पत्रकार आचार संहिताको पालना भए/नभएको, पत्रकार आचार संहिता तथा निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको, सत्य, सन्तुलित र बिश्वसनीय समाचार सम्प्रेषण गरे/नगरेको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । -न्युज कारखाना

Comments