•  ६ जेष्ठ २०८१, आईतवार
  •  6:20:45 AM

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

- बैशाख ५, २०७९ मा प्रकाशित


कपिलवस्तु: कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

मोटरसाइकल सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना

Comments