•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:58:32 AM

अवैध लत्ताकपडा बरामद

- बैशाख ४, २०७९ मा प्रकाशित


इटहरीः मोरङको विराटनगर महानगरपालिका ७ बाट प्रहरीले सीमावर्ती भारतीय बजारबाट भन्सार छली अवैध रुपमा भित्र्याइएका लत्ताकपडा बरामद गरेको छ ।

विभिन्न मितिमा अवैध कपडा आयात गरिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १५ लाख एक हजार सात सय रुपैयाँ मूल्य बराबरका लत्ताकपडा बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

यसैगरी, विराटनगर महानगरपालिका वडा नं. १६ बाट अन्दाजीचार लाख नौ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Comments