पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो
- चैत्र १८, २०७८ मा प्रकाशित
काठमाडौं: पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १-१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।
अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे ।
पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १०६ तथा फखर जमानले ६७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो ।
अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए ।
तेस्रो खेल शनिबार हुनेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय बैशाख ३०, २०८१а Новичку Выиграть и Ставках На Спорт: Инструкция Как значит Делать Ставки в Спор
-
ताजा बैशाख ३०, २०८१а Новичку Выиграть и Ставках На Спорт: Инструкция Как значит Делать Ставки в Спор
-
ताजा बैशाख २९, २०८१Букмекерская Контора 1хбет Ставки На Спорт Онлайн, Официальный Сайт Бк, Вхо
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Pin Up Casino Site Oficial Little Brasil Ganhe R$1500 De Bônus Logi
Comments