•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:05:14 PM

सर्वोच्च अदालतका न्यायाधीशमा श्रेष्ठ अनुमोदन हुँदै

- चैत्र १५, २०७८ मा प्रकाशित


काठमाडौ: संघीय संसद्को‍ संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठकाे नाम आज अनुमोदन गर्दैछ ।

समितिले आह्वान गरेकोे समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।

समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् । -न्युज कारखाना

Comments