•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:43:44 PM

पूर्वप्रधानपञ्ज श्रेष्ठको निधनमा इटहरी उपमहानगरपालिकामा शोक बिदा

- चैत्र ७, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च रामप्रसाद श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै उपमहानगरपालिका र मातहतका सबै २० वटा वडा कार्यालयहरु आज बन्द गरिएका छन् ।

आइतबार राति ९० वर्षको उमेरमा काठमाडौस्थित ग्राण्डी अस्पतलमा उपचारको क्रममा निधन भएको थियो । दिवंगत आत्माप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै एक दिनका लागि शोक बिदा दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

सोमबार दिउँसो १ बजे इटहरीस्थित बुढीगंगा जमुना मुक्ति घाटमा शवको अन्तीम संस्कार गरिने उनका छोरा भरत श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ इटहरीका दोस्रो प्रधानपञ्च निर्वाचित भएका थिए । उनी २०२१ देखि २०२२ सालसम्म इटहरी गाउँ पञ्चायतको प्रधानपञ्च थिए ।

Comments