•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:50:29 AM

प्रधानमन्त्री देउवा पूर्वी नेपाल भ्रमणमा, उद्‍घाटन र शिलान्यासमा व्यस्त

- चैत्र ७, २०७८ मा प्रकाशित


काठमाडाैं: प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा माेरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।

उनले सुन्दरहरैचा नगरपालिकाकाे प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ माेटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने सडककाे साप्सुखोलामा पुल बनेकाे छ । -न्युज कारखाना

Comments