•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:52:36 PM

आज पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

- चैत्र ७, २०७८ मा प्रकाशित


काठमाडाैं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ । -न्युज कारखाना

Comments