•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:06:05 PM

विराटनगरका हार्डवेयर व्यवसायी विनोद झा आफ्नै घरमा मृत फेला

- चैत्र ६, २०७८ मा प्रकाशित


इटहरीः विराटनगरमा हार्डवेयर ब्यवसाय गर्दै आएका जनकपुरका विनोद झा आफ्नै घरमा मृत फेला परेका छन् ।

झा बुधबारबाट घरबाहिर नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार बिहीबार प्रहरीले खोजी गर्दा घरकै मृत अवस्थामा झाको शव फेला परेको थियो । विराटनगरको रोडशेष चौक उत्तर तर्फ मिथिला हार्डवेयर नामको व्यवसाय सञ्चालन गर्दै आएका झाको शरीर पङ्खा नजिकको हुकमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

बुधबारदेखि बाहिर नदेखेपछि झा बस्ने घरमै रहेको होटलका कर्मचारीले प्रहरीलाई खबर गरेकमा प्रहरीले घर खानतलासी गर्दा शव फेला पारेका थिए । जनकपुर घर भएका ५६ वर्षीय झा पछिल्लो समय बिराटनगरमा एक्लै बस्दै आएको प्रहरीको भनाइ छ । झाकी छोरी स्नेहा र श्रीमती साधना झा केही दिनदेखि काठमाडौंमा रहेका छन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जानकारी दिएको छ ।

Comments