•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:59:55 PM

खोलामा डुबी १ जनाको मृत्यु

- चैत्र ६, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको बर्जु गाउँपालिका– ६ स्थित थलाह खोलामा डुबी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्जु–१ का लक्ष्मण ऋषिदेवका १३ वर्षीय छोरा निशान ऋषिदेव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो दिउँसो १ः३० बजे नुहाउने क्रममा मृत्यु भएका ऋषिदेवको शव पोष्टमार्टमको लागि कोसी अस्पताल विराटनगर लगिएको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Comments