•  २९ बैशाख २०८१, शनिबार
  •  2:20:32 AM

एट्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

- चैत्र २, २०७८ मा प्रकाशित


काठमाडौं: इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । 

मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे ।

स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए । जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

Comments