•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:59:54 PM

आज २०७८ फागुन ११ गते , भगवान श्री पशुपतिनाथकाे दर्शन गर्दै हेर्नुहाेस राशिफल

- फाल्गुन १०, २०७८ मा प्रकाशित


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताकेको कार्य पनि पूरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज जोश, जाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्ने छ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको योजना बन्ने छ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ ।

Comments