•  ५ जेष्ठ २०८१, शनिबार
  •  5:23:39 AM

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

- फाल्गुन ९, २०७८ मा प्रकाशित


इटहरी । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको मृत्यु भएको छ । 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई पूर्वतर्फ नै आउँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा दुर्घटना भएको हो । आइतबार दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परेर स्कुटर चालक इनरुवा नगरपालिका–५ की ३८ वर्षीया निर्मला उरावको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परेर टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा इनरुवा अस्पतालमा साँझतिर मृत्यु भएको हो । प्रहरीले एम्बुलेन्स र चालक सप्तरीको विषनपुर–५ का २७ वर्षीय सुनीलकुमार मेहतालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । 

तीव्र गतिमा रहेको एम्बुलेन्सले ओभरटेक गर्न खोज्दा स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । मृतकको शव पोस्टमार्टमका लागि इनरुवा अस्पतालमै राखिको छ । 

Comments