•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:23:38 PM

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

- फाल्गुन ८, २०७८ मा प्रकाशित


इटहरीः खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्री सडकखण्डमा मोटरसाइकलबाट लडी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ घर भई खोटाङको रावाबेँसी गाउँपालिकामा प्राविधिकका रुपमा कार्यरत ३१ वर्षीय दीपक ढुङ्गाना रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो अपराहन्न ४ः३० बजे प्रदेश ३–०२–००७ प ५३३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुङ्गाना घाइते भई उपचारार्थ काठमाडाँैतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक खोटाङको ऐसेलुखर्क–३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments