•  ५ जेष्ठ २०८१, शनिबार
  •  8:05:49 PM

बुबाको हत्या आरोपमा छोरा पक्राउ

- फाल्गुन ८, २०७८ मा प्रकाशित


इटहरीः संखुवासभाको सभापोखरी गाउँपालिका–२ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान करिब २ः३० बजे ५२ वर्षीय बुबा दलबहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Comments