•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:03:31 PM

रकम ठगी गरेको आरोपमा इटहरीका जयबहादुर लिम्बू पक्राउ

- फाल्गुन ८, २०७८ मा प्रकाशित


इटहरीः कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाइदिने प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी –१२ का मन्दु भनिने जसबहादुर लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कर्तब्य ज्यान मुद्दामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई थुनाबाट मुक्त गराइदिने भन्दै सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बू र इटहरी–१२ कै भरत चौधरीले आफ्नो न्यायाधीश र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुवै जनालाई छुटाइदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाएलगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बूलाई पक्राउ गरेको तथा अर्का आरोपितको खोजतलास भइरहेको इलाका प्रहरीले जनाएको छ ।

Comments