•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:24:01 PM

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

- फाल्गुन ७, २०७८ मा प्रकाशित


इटहरीः सुनसरी र मोरङ जिल्लामा शुक्रबार भएको छुट्टा छुट्टै दुर्घटनामा २ जना मोटरसाइकल चालकको मत्यु भएको छ ।दुवै दुर्घटना मोटरसाईकल अनियन्त्रित भएर भएको प्रहरीको भनाई छ ।

प्रदेश एक प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –८ कोशी लोकमार्गमा को २० प ९८९६ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर महानगरपालिका वडा नम्बर –१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको छ ।

उता शुक्रबारै मोरङको जहदा गाउँपालिका वडा नम्बर –६ स्थित भित्री सडक खण्डमा सडकको छेउमा राखेको गोरुगाडामा को ३५प ३४०५ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर–१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भीर घाइते भई उपचारको लागि कोसी अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको छ । दुवै दुर्घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments