•  ५ जेष्ठ २०८१, शनिबार
  •  8:36:36 PM

ओखलढुङ्गा र मोरङमा लडेर दुई महिलाको मृत्यु

- फाल्गुन ७, २०७८ मा प्रकाशित


इटहरीः भीर र रुखबाट लडेर ओखलढुङ्गा र मोरङ्गमा दुई महिलाको मृत्यु भएको छ । प्रदेश एक प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर –४ मा भीरबाट लडी १ जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका इन्द्र सुनुवारकी ३८ वर्षीया श्रीमती मिना सुनुवार रहेको प्रहरीको भनाइ छ । सुनुवार हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भीरबाट लडी घाइते भएकी थिइन् । सुनुवारलाई उपचारको लागि तत्काल मिसन अस्पताल ओखलढुङ्गा लगिएको भएपनि उपचारको क्रममा राति ८ः४५ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको छ । त्यसैगरी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर –६मा रुखवबट लडी १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका–६ का मानबहादुर मगरकी ४६ वर्षीया श्रीमती बुद्धमाया मगर रहेको प्रहरीको भनाइ छ । मगर शुक्रबार बिहान ११ः३० बजे आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होममा ल्याइएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments