•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:03:28 PM

धरानबाट निषेधित औषधिसहित एक पक्राउ

- फाल्गुन ७, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर –५ बाट प्रतिबन्धित लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नम्बर –५ का २८ बर्षीय सुवास राई रहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शक्रबार राति करिव ११ बजे लागुऔषध बेचबिखन भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएकोे प्रहरी टोलीले राईलाई उनको कोठाबाटै पक्राउ गरेको हो ।

राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन–७४२ ट्यावलेट, ट्रमाडोल–७१४ क्यापसुल र टापेन–४० ट्यावलेट गरी जम्मा १४९६ थान ट्यावलेट तथा क्याप्सुल बरामद गरीएको प्रहरीको भनाइ छ । निषेधित औषधिसहित पक्राउ परेका राईउपर इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Comments