•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:49:07 PM

मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

- फाल्गुन ५, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको बर्जु गाउँपालिका १ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

गएराति ९ः३० बजेको समयमा बर्जु गाउँपालिका १ बुक्डरीको भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को २८ प ३८०७ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानीय २२ वर्षीय धनिलाल उराँव गम्भीर घाइते भएका थिए ।

घाइते उराँवको उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Comments