•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:37:06 PM

उदयपुरमा टिपर दुर्घटनामा एकको मृत्यु, चालकसहित तीन जना घाइते

- फाल्गुन ४, २०७८ मा प्रकाशित


उदयपुर: उदयपुरको उदयपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बालुवा-गिट्टी बोकेकाे स १ क १९० नम्बरकाे टिपर मंगलबार राति उदयपुरगढी गाउँपालिका-७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

टिपरकाे ब्रेक फेल भइ भएकाे दुर्घटनामा चालक सप्तरीकाे कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका-७ का युवराज खपाङगी र साेही ठाउँका भरत खपाङगी घाइते भएका छन् । चालककाे अवस्था गम्भीर रहेकाे डिएसपी गाैतमले जानकारी दिए ।

करेन्ट लागेर एककाे मृत्यु

उदयपुरमा आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका- ७ का ६० वर्षीय बलबहादुर लावतीको उपचारको क्रममा मृत्यु भएको हो । -न्युज कारखाना

Comments