•  ५ जेष्ठ २०८१, शनिबार
  •  7:43:38 PM

खोटाङमा बन्दको प्रभाव न्यून

- फाल्गुन ४, २०७८ मा प्रकाशित


खोटाङ: एमसिसी सम्झौताविरुद्ध आह्वान गरिएको बन्दको प्रभाव खाेटाङमा तुलनात्मक रुपमा कम परेको छ ।

एमसिसी सम्झौताविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आव्हान गरेको बन्दको प्रभाव न्यून परेको परेको हो ।

फाट्टफुट्ट शैक्षिक संस्था बन्द हुनुबाहेक अन्य क्षेत्रमा बन्दको असर परेको छैन । जिल्लाका बजार तथा यातायात सधैंझैँ सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

दिक्तेलबाट दैनिक काठमाडाैं, इटहरी लगायतका लागि छुट्ने सवारीसाधन बुधबार बिहान छुटिसकेका छन् । तर बाटोमा स्कटिङ गर्नुपर्ने अवस्था देखिएकाले दिउँसो भने गाडी नछुट्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । प्रालिका पूर्वीइन्चार्ज धनीराम नछुङका अनुसार बिहान अन्य दिनभन्दा छिटो गाडी छुटाइएको थियो । -न्युज कारखाना

Comments