•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:40:24 PM

सिराहमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

- फाल्गुन ४, २०७८ मा प्रकाशित


सिराहा: सिराहाको सिराहा नगरपालिका–११ पदमपुरमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

सिराहा–चोहर्वा सडकखण्डमा मंगलबार बेलुकी ८ बजे नम्बर नखुलेको सवारी साधनले प्रदेश २–०१–००१प ६० ३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिराहकै कल्याणपुर नगर्पालीका–९ डुमरीका ३४ बर्षीय लालु यादवको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका मोटरसाइकलमै सवार अन्दाजी २५ बर्षीय रामशरण यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ । -न्युज कारखाना

Comments