•  ५ जेष्ठ २०८१, शनिबार
  •  8:05:50 PM

भन्सार छलि ल्याएका करिव साढे ८ लाखको औषधि बरामद

- फाल्गुन ४, २०७८ मा प्रकाशित


झापा: झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छलि ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधीहरू प्रहरीले बरामद गरेको छ । 

अस्थायी प्रहरी चौकी कुट्टिबाट सोमबार खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएका थिए । 

प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो । 

बरामद औषधिहरू सम्बन्धित कार्यालयलाई बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । -न्युज कारखाना

Comments