•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:03:37 PM

आगोमा जलेर बृद्धको मृत्यु

- फाल्गुन २, २०७८ मा प्रकाशित


सर्लाही: सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो ।

आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । 

आगो निभाए पनि साहको भने घटना स्थलमै ज्यान गएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । 

घटनाबारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए । -न्युज कारखाना

Comments