•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:02:32 PM

झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक पक्राउ

- फाल्गुन २, २०७८ मा प्रकाशित


इटहरीः झापाको भद्रपुर नगरपालिका ६ स्थित नँया बस्तीबाट प्रहरीले कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का २४ बर्षीय मुगालाल माझी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आइतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक दल कुमार राईको नेतृत्वमा खटिएको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएपछि उनलाई पक्राउ गरेको हो । अभियुक्त माझीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments