•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:03:12 PM

आगलागीमा एक घर र पाँच वटा पसल जले

- फाल्गुन १, २०७८ मा प्रकाशित


पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार साँझ भएको आगलागीमा एउटा घर र पाँच वटा पसल जलेर नष्ट भएका छन् । 

आगलागीमा यासोक बजारका झरेन्द्र खतिवडाको घर जलेर खरानी भएको छ । आगलागीमा अन्यका चार वटा पसलहरु जलेका छन् । कच्ची घरबाट सुरु भएको आगलागी उक्त घरसँगै अन्य पक्कि घरहरु रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीले जनाएका छन् ।

 फिदिम नगरपालिकाको बारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे आगाे नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेकाे छैन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । -न्युज कारखाना

Comments