वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, ३५ लाख २१ हजार बिगो दाबी
- माघ २७, २०७८ मा प्रकाशित
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचर गरेको भन्दै अख्तियारले बिहीबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा वडा अध्यक्ष यादवसँग ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो दाबी गरिएको छ ।
वडाध्यक्ष निर्वाचित भएपछि यादवले पदको प्रभाव पारेर पिपरा गाउँपालिका–५ मा पर्ने सुब्बा पोखरीको ठेक्का वापतको रकम ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
थप अनुसन्धानु गर्दा यादवले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments