•  ५ जेष्ठ २०८१, शनिबार
  •  7:44:03 PM

संसद्‍मै राजेन्द्र लिङ्देनले भने : एक दिन हामी यो गणतन्त्रलाई पल्टाएरै छाडछाै

- फाल्गुन ३०, २०८० मा प्रकाशित


काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामै तेस्रो पटक विश्वासको मत लिन डाकिएको बैठकमा बुधबार सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

उनले हिजो जस्तो राजा र हिन्दु धर्मलाई गाली गरेर अब काम नचल्ने बताए। ‘हिजो राजा र हिन्दु धर्मलाई गाली गरेर वाहावाही कमाइन्थ्यो’, उनले भने, ‘तर अब त्यो सम्भव छैन, काम गरेर देखाउनुस्।’

उनले अहिलेको गणतन्त्र केवल लुटतन्त्र रहेको टिप्पणी गरे। ‘अहिले हामी अल्पमतमा होलाऊँ, सानो संख्यामा हौँला’, उने भने, ‘तपाईंहरूले यो व्यवस्थालाई सर्वोत्तम् भनिरहनु भएको छ। तर यो लुटतन्त्र गणतन्त्र हो भने हामी विरोध गरिरहन्छौँ। एक दिन हामी यसलाईत्पत ल्टाएर छाड्छौँ।’

Comments