•  ६ जेष्ठ २०८१, आईतवार
  •  9:01:41 AM

बालकुमारी घटनामा ओलीको प्रश्न : हुलमा मन्त्रीलाई गाडी लिएर नगई नहुने के आइलाग्यो ?

- पुष १६, २०८० मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरूको प्रदर्शनमा गएर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुललाई उत्तेजित पारेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय एकता र मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष ओलीले मन्त्री ज्वालाले प्रदर्शन भइरहेको स्थानमा गएर आगोमाथि घ्यु थप्ने काम गरेको बताए ।

‘विदेश जान मारिएका छन् । मारिए किन ? यसको जवाफ कसले दिने । बालकुमारीमा युवाहरूको प्रदर्शनमा मन्त्रीले गाडी लिएर किन जानुपर्‍यो ? नगइ नहुने के आइलाग्यो उनले भने,’ थुप्रै प्रश्ननहरू उब्जिएका छन् । त्यसको जवाफ के हो ?
उनले भने, ’हुलमा गएर उत्तेजित पारेर गोली चलाएर मान्छे मारेको छ । गोली मात्रै चलाएको होइन । बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे ठाउँको ठाउँ मरेको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्ड सरकारप्रति कांग्रेस सन्तुष्ट रहेको टिप्पणी समेत गरे । उनले भने, ‘अहिलेको स्थिति, परिस्थित र राज्य सञ्चालनमा सन्तुष्ट रहेको नेपाली कांग्रेस तलाउमा एउटा ढुंगो फालेर तरंग ल्याउने मेरो इच्छा छैन । त्यसैले म त्यता जान चाहँदैन । कुनै अमन चयनमा खलल पार्न पनि चाहदैन ।’

उनले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउना साथ भाटे कारबाही गरेको भन्दै व्यंग्य समेत गरे । अध्यक्ष ओलीले कांग्रेसले मेलमिलाप दिवसको महत्व र सान्दर्भिकतालाई समयअनुसार रुपान्तरण गर्नुपर्ने बताए । ४७ वर्षअघि पुष १६ गते वीपी कोइराला भारत प्रवासनबाट नेपाल फर्किएका थिए । सोही दिनदेखि नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै आएको छ ।

Comments