कांग्रेसबाट राष्ट्रियसभा उम्मेदवारमा कलाकारद्वय थापा र शाहको नाम सिफारिस
- पुष १२, २०८० मा प्रकाशित
इटहरी । नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस भएको छ । आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा दुई जना कलाकारको नाम परेको हो । बागमती प्रदेशबाट कालाकार नीर शाहको नाम सिफारिस भएको छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ ।
सभापति शेरबहादुर देउवा निकट थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments