•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:38:42 AM

मोर्चाको बैठकमा विप्लवको आक्राेश : सहमति गर्ने अनि घेराबन्दी पनि गर्ने ? यो चल्दैन !

- पुष ११, २०८० मा प्रकाशित


काठमाडौँ । समाजवादी मोर्चाको बैठक सकिएको छ । समसामयिक विषयमा निर्णयहरू गर्न बैठक पुनः बुधवार साँझ बस्ने गरी बिहानको बैठक सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ । यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ ।

‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ’, विप्लवले भने, पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’

Comments