•  ६ जेष्ठ २०८१, आईतवार
  •  9:01:49 AM

पक्राउ पुर्जी जारी भएका विप्लव–प्रकाण्डकै सहभागीमा समाजवादी मोर्चाको बैठक

- पुष ११, २०८० मा प्रकाशित


काठमाडाैं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।

अदालतको पक्राउ पूर्जी जारी भएका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि बैठकमा सहभागी छन् । बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ । बैठकमा विप्लवसँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी छन् । यस्तै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो । मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने मोर्चा निस्क्रिय जस्तै छ ।

Comments