•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:38:28 AM

प्रधानमन्त्री प्रचण्डले मंगलबार साझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

- पुष १०, २०८० मा प्रकाशित


इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो । प्रधानमन्त्री स्वयंले विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको भन्दै बाँकी एक वर्षमा गति बढाउने बताएका छन् ।

Comments