•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:38:39 AM

पूर्वराजाको अभिनन्दन कार्यक्रमको संयोजक बनेपछि एमालेबाट निष्कासित भए डा. बस्याल

- पुष ८, २०८० मा प्रकाशित


काठमाडाैं । नेकपा एमाले रुपन्देहीका नेता डा. रामप्रसाद बस्याल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो।बस्याल पूर्वराजा शाहलाई भैरहवामा अभिनन्दन गर्न गठन मूल समारोहको संयोजक बनेका थिए।

नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै त्यस विपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्कासन गरिएको एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा बताइएको छ।

नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीति विरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने पनि विज्ञप्तिमा जनाइएको छ। बस्याल गत स्थानीय तहको निर्वाचनमा सिद्धार्थ नगरपालिकामा एमालेको तर्फबाट मेयर उम्मेदवार बनेर पराजित भएका थिए।

Comments