•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:39:26 AM

कलाकार इकु र गजित विष्टसहित नौं जना जुवा खालबाट पक्राउ

- कार्तिक १५, २०८० मा प्रकाशित


इटहरी । जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट कलाकारसहित नौं जना पक्राउ परेका छन् । काठमाडौंको मैतिदेवीस्थित डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्थामा गत शनिबार सुलेमान शंकर ‘इकु’ सहित नौं जना कलाकारलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाखालबाट पर्नेहरुमा सुलेमान सहित गजित विष्ट, शंकर आचार्य, नरेन्द्र विष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी रहेका छन् । उनीहरुको साथबाट एक लाख ९० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु प्रहरी वृत सिंहदरबारको हिरासतमा छन् ।

Comments