•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:58:33 AM

चाडपर्वकाे बेला इटहरीमा चाेरी बढेपछि प्रहरीले देखायाे सकृियता : पक्राउ परेका नौजना सार्वजनिक

- कार्तिक १०, २०८० मा प्रकाशित


इटहरी । दशैंकाे बेला इटहरी उपमहानगर क्षेत्रमा चाेरीका घटना अत्याधिक बढेपछि इलाका प्रहरी कार्यालय इटहरीले सकृियता देखाएकाे छ । साेहि क्रममा चाेरीमा संलग्न नाै जनालाइ पक्राउ गरी हालै सार्वजनिक गरेकाे छ ।

यसरी पक्राउ पर्नेमा इटहरी ५ का राजेस सिंह ,इटहरी ४ का आकाश भुजेल इटहरी १४ का जब्दि सरदार,झापा चन्द्रगढी १० का बिक्रम क्षेत्री ,माेरङ बेलबारी ८ का सुरेश तामाङ ,सुनसरी इनरूवा ९ का माेहम्मद जाकिर अन्सारी,दुहबी १ का माेहम्मद जाकिर अन्सारी र दुहबी १ कै माेहम्मद मिया रहेका छन । पक्राउ परेका नाै जना बिरूद्ध चाेरी अपराध बिरूद्ध मुद्धा चलाइएकाे इटरी प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूले घरेलु सामग्री देखि साइकल , माेवाइफ र पैसासम्म चाेरी गरेकाे प्रहरीले जनाएकाे छ ।

इटहरी प्रहरीमा नयाँ डिएसपी टेक बहादुर कार्कीले नेतृत्व सम्हाले संगै चाेरी ,लागु औषध नियन्त्रण तथा अपराधिक गतिविधिहरू निर्मुल पार्ने प्रयासमा चाडपर्व लक्षित सुरक्षा याेजना बनाइ काम गर्न थालिएकाे छ । यसै क्रममा इटहरी उपमहानगरकाे मातहत रहेका सबै प्रहरी कार्यालयका अधिकृतहरूलाइ रात्री गस्ती बढाउन ,शहरका मुख्य स्थानहरूमा निगरानी बढाउन निर्देशन दिइ सकेकाे इलाका प्रहरी काृयालय इटहरीका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।

Comments