•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:52:35 AM

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ, ‘भस्मे डन’ले पहिलो दिनमै कमायो २ करोड

- कार्तिक ८, २०८० मा प्रकाशित


इटहरी । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन्। वितरक करण श्रेष्ठले चाडपर्वको समयमध्ये दसैँ चलचित्रको लागि विशेष हुने गरेको बताए।

‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्’, वितरक श्रेष्ठले भने।उनैले वितरण गरेको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ले पहिलो दिन दुई करोडको हाराहारीमा व्यापार गरेको दाबी उनले गरे। ‘नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ । त्यसैले त्यस्ता चलचित्र दसैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो । तर अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए।‘नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ’, कार्यकारी निर्माता बानियाँले भने। नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको दाबी उनले गरे।

Comments