•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:44:02 PM

समिक्षा अधिकारीकाे दशैं काेशेली : अती नै मार्मिक गिती भिडियाे “शोक” सार्वजनिक (भिडीयाे सहित )

- कार्तिक ३, २०८० मा प्रकाशित


इटहरी ।  इजरायल र हमास युद्धमा परि दिवांगत भएका नेपालिहरूकाे सम्झना र साेहि घटनामा अाधरित मार्मिक गिती भिडियाे “शोक” सार्वजनिक भएकाे छ । चर्चीत गायीका समिक्षा अधिकारीले गाएकाे गितलाइ नागी डान्स सेन्टर इटहरीका सञ्चालक बसन्त बस्नेतले निर्देशन गरेका हुन भने पूर्वेली न्युजका निर्देशक सुरेश चन्द्र दाहाल र नाट्यकार भरत बर्वरिकले रचेका हुन । राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लाउ लाउ र खाउ खाउकाे उमेरमा हजाराै सपना बाेकेर बिदेशिएका सन्तान काठकाे बाकसमा फर्किदा घर परिवारमा बित्ने पिडालाइ याे गितले भिडीयाे मार्फत देखाउन खाेजेकाे छ । सुनसरीकाे धरान र इटहरीकाे बिभिन्न रमणीय स्थानमा छायांकन गरिएकाे यस भिडीयाेमा देखिएका कलाकारहरूले अाफ्नाे अभिनय निखार्ने अवसर पनि पाएका छन ।

विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ । गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय गरेकाे देख्न पाइन्छ । गिती भिडियाे सार्वजनिक भइरहदा देखाइएकाे मार्मिक कथा र विषय बस्तुलाइ दर्शकले पनि खुलेर प्रसंशा गरिरहेका छन ।

Comments