•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:22:08 AM

आफ्ना नागरिकलाई जतिसक्दो चाँडो लेबनान छोड्न अमेरिका र बेलायतको आग्रह

- कार्तिक ३, २०८० मा प्रकाशित


एजेन्सी । अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो चााडो लेबनान छोड्न आग्रह गरेका छन् । ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् ।

साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि चेतावनी दिएका छन् ।

अमेरिकाले हमाससँगको युद्धका क्रममा इजरायलाई साथ दिने जनाएको छ भने हिजबुल्लाहले हमासलाई समर्थन गरेको छ । लेबनानबाट आफ्ना नागरिकको उद्धार गर्न तयारी भएको पनि अमेरिकाले जनाएको छ भने बेलायतले व्यवसायी उडान भइरहेका बेलामा नै लेबनानबाट बाहिरिन भनेको छ ।

Comments