•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:05:05 AM

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

- आश्विन २६, २०८० मा प्रकाशित


काठमाडौं । इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् ।तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो ।इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ ।शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ छ । उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि खाेजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् । उनको खोजीका लागि प्रहरी र अस्पतालका साथै सम्भावित सबै माध्यमको सदुपयोग गरिएको दूतावासले जनाएको छ ।

Comments