•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:55:05 AM

इजरायल–प्यालेस्टिन द्वन्द्व : मृत्तकको संख्या १५ सय नाघ्यो

- आश्विन २३, २०८० मा प्रकाशित


एजेन्सी। इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ । इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका समाचारमा उल्लेख छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो ।

Comments